कोरोनाको त्रासः अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द

दुर्गा बिसी,
सल्यान १०, चैत ।
कोरोना भाइरसको सम्भावीत संक्रमणबाट बच्न भन्दै सल्यानका स्थानिय तहहरुले पनि आगामी चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेका छन् । संघीय सरकारको निर्णय बमोजिम चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवा हरु बन्द गरिएको जनाएका हुन् । बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोबिन्द कुमार पुनले नगर अन्तर्गतका कार्यालय, शाखा, फाँट, ईकाईबाट अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो ।

आज बसेको दैवीप्रकोप उद्दार समितिको वैठकले भिडभाड नगर्न तथा सुरक्षित साथ बस्न आग्रह गरेको हो । बैठकले विशेष काम वाहेक घर बाहिर हिडडुल नगर्न र चैत्र २१ गते सम्मलाइ घरलाई कोरेन्टाइन वनाउन गरेको छ । नगरका वडामा रहेका स्वास्थ संस्थाहरुलाइ विशेष गरि भारतबाट र अन्य मुलकबाट आएका नागरिकको विशेष निगरानी राख्न भनिएको छ ।

वाहिरी मुलुकबाट गाउँ फर्केका नागरिकको निगरानी गरि केही लक्षण देखा परे तत्काल खबर गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित