लकडाउन : सल्यानका प्रमुख बजारहरु सुनसान

सल्यान ११, चैत ।
सरकारको निर्णय अनुसार आज बिहान ६ बजेदेखि पूरै देश लकडाउन भएको छ । लकडाउनको पहिलो दिन आज बिहान सल्यानका मुख्य बजार तथा सडक सुनसान देखिएका छन् । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर, खलंगा, थारमारे, कपुरकोट, सल्लीवजार लगाएतका बजारहरु सुनसान बनेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सक्रिय बनेका छन् ।


जिल्लाका सबै पसलहरु बन्द रहेका छन् भने माईकिङ्ग गर्दै, सिट्टी बजाएर फाटफुट मात्रामा खुलेका पसलहरु पनि बन्द गरिएको तथा मानिसको भिडभाड हुन नदिईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अहिले जिल्लाभर प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस