दुर्गा बिसी,
सल्यान ११, चैत ।
सुर्खेतको सिम्ता गाउँपालिकाले आफ्नो सिमाना भेरि पुल नजिकै हेल्थ डेस्क स्थापना गरेको छ । आवजजावत वढ्न थाले पछि आफ्नो सिमा छेडा र भेरि पुलमा समेत कडाइ गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले गाउँ स्वास्थ्य शाखाको टिमसँग आफै खटेर हेल्थ डेस्क सुचारु गरि आवत जावत गर्ने नागरिकको स्वास्थ परिक्षण गर्ने गरिएको जानकारी दिनुभयो ।
कोरोना भाईरसबाट वच्न र वचाउन सिम्ता गाउँपालिकाले आफ्नो सिमाना राकममा हेल्थ डेस्क स्थापना गरि सञ्चालन गरिएको हो । यातायातका साधन बन्द भए पछि पैदल यात्रु वढेकाले समस्या भएको छ, यसलाई उच्च सतर्कता अपनाउन आफ्नो सिमा नाकामा स्वास्थ्य चेकजाँच पछि मात्रै प्रवेश गर्न दिने कामको सुरु गरिएको गाउँ स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुनले जानकारी दिनु भएको छ ।
त्यसै गरि सिम्ता क्याम्पस सिम्ताको पुरै भवन र बागेश्वरी मावि राकमको विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष केसीले वताउनु भएको छ । त्यसको लागि केही उपकरण र अत्यावश्यक साधनको जोह भइरहेको जानकारी दिनु भएको छ । अवस्था आइहाल्यो भने त्यसको पूरा तयारीमा रहनको लागि सबै प्रक्रिया अवलम्बन गरिएको जनाएको छ ।