सल्यानमा खाद्यान्न किन्ने समय साँझ ४ बजे पछि ३ घण्टा मात्रै

सल्यान ११, चैत ।
सल्यानमा खाद्यान्न खरिद गर्ने समय साँझ ४ बजे देखी ७ बजे सम्म मात्रै तोकिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यान संगको समन्वयमा उद्योग बाणिज्य संघ सल्यानले साँझ ४ बजे देखी ७ बजे सम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको समय तोकेको जनाएको छ । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी १८ गते बिहान ६ बजे सम्मका लागि दैनिक तीन घण्टाको समयलाई तरकारी तथा खाद्यान्न खरिद गर्ने समय निर्धारण गरिएको हो ।


प्रशासनको निर्णयलाई अटेर गरेर पसल खोल्ने र बाहिर निस्कनेलाई कानुन अनुसार कार्वाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ । कोरोनाको संक्रमणबाट बच्न घर बाहिर ननिस्कन, भेटघाट नगर्न, सरसफाईनमा ध्यान दिन समेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित