सल्यानमा दादुरा रुवेला खोप अभियानः पहिलो चरणको सम्पन्न, दोस्रो चरणको स्थगित

सल्यान १३, चैत ।
सल्यानमा पहिलो चरणको दादुरा रुवेला खोप अभियान सम्पन्न भएको छ । बालमृत्युदर घटाउन, उत्पादनशक्ति प्रभावकारी बनाउन, सक्षम तथा स्वस्थ नागरिक बनाउने लक्ष्यका साथ नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान अन्र्तगतको पहिलो चरणको अभियान सल्यानमा बुधबार सम्पन्न भएको हो । जिल्लामा पहिलो चरण अन्र्तगत चैत ८ गते देखी १२ गते बुधवार सम्म सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

जस अन्र्तगत ६ वटा स्थानिय तहमा दादुरा रुवेला खोप अभियान सम्पन्न भएको कार्यालय प्रमुख डा. अर्जुन बुढाले जानकारी दिुनभयो । उहाँका अनुसार पहिलो चरणमा जिल्लाको शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कालीमाटी गाउपालिका, छत्रेश्वरी गाउपालिका, त्रिबेणी गाउपालिका र कपुरकोट गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको हो ।

बिश्वभर कोरोना भाइरसको संक्रमण फैलिदैँ गएको बेला नेपाल सरकारले मंगलवार बिहान देखी लकडाउनको घोषणा गरेको छ । पूर्वनिर्धारित कार्यक्रम भएकाले खोप अभियान सञ्चालन गरिएको जनाईएको छ । आबश्यक साबधानी अपनाएर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।


यसैबिच पहिलो चरणको खोप अभियान सञ्चालन गरिए पनि दोस्रो चरणको अभियान भने स्थगित भएको छ । चैत २४ गते देखी २८ गते सम्म गरेर दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी रहेको थियो । तर केन्द्रिय निर्देशन अनुसार स्थगित गरिएको जनाईएको छ ।

दोश्रो चरणमा बागचौर नगरपालिका, सिद्धकुमाख गाउपालिका, दार्मा गाउपालिका र कुमाख गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने तयारी रहेको थियो । अभियान अन्र्तगत सल्यानका २३ हजार २९ वालबालिकालाई खोप अभियानमा समावेश गरिदैँ छ । नेपालमा सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस