दुर्गा बिसी,
सल्यान १३, चैत ।
कोरोना भाईरस विरुद्ध जनचेतना जगाउदै सुर्खेतको सिम्ता गाउपालिका अध्यक्ष सडकमा माईकिङ्ग गर्दे हिड्नुभएको छ । विश्वभर महामारीको रुप लिदै गएको कोरोना भाईरसको त्रास नेपालमा वढ्दै गएपछी नेपाल सरकारले मुलुक लकडाउन गरेको तेस्रो दिन सवैलाई घर वाहिर ननिस्कन, भिडभाडमा नजान,हातधुदै सरसफाईमा ध्यान दिन, लगाएतका वारे नागरिकलाई जानकारी गराउने उद्देश्यले अध्यक्ष कविन्द्र कुमार केसी आफै माईकिङ्ग गदै हिडेका हुन् ।
नागरिकलाई चेकजाचका लागी हेल्थ डेक्स संचालन, पर्चा वितरण, व्यानर टास गरि कोरोना भाईरस वाट वच्न सचेतना अभिवृद्धि गर्दै आएको अध्यक्ष केसिले वताउनुभयो । उहाँका अनुसार प्रत्येक स्वास्थ्य संस्थाहरुलाई सेनीटाईजर, ह्याण्ड वास, पिपिई औषधिहरु डिजिटिल थर्ममिटर आदी उपलव्ध गराई सकेको र उनिहरुलाई तम्तयार रहन निर्देशन दिइसकेको छ ।
भारत लगाएतका अन्य स्थानवाट आएका नागरिकहरुलाई १५ दिनसम्म होमक्वारेन्टाईनमा वस्न आग्रह गरीरहेको प्रमुख प्रशासकिय अधिकृत जनकवहादु हमालले जानकारी दिनुभयो । पालीकाका नागरिकहरुलाई रुघाखोकी ज्वरो आएमा नजिकका स्वास्थ्य संस्था, पालीका अध्यक्ष उपाध्यक्ष अथवा प्रमुख प्रशासकिय अधिकृत, सम्वन्धित वडाका अध्यक्षहरुलाई सम्र्पक गरी स्वास्थ्य सेवा लिन सवैमा सचुना गरेको गाउँपालिका सुचना अधिकृत प्रकाश चन्दले जानकारी दिनुभयो ।
जनप्रतिनिधि, स्वास्थकर्मी लगाएतको टिम जनचेतनामूलक सन्देशका लागि ठाउँ ठाउँमा खटिएका गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभयो । भारत तथा अन्य मुलकबाट सिम्ता पुगेका नागरिकको लागि केही संकास्पद लक्ष्यण देखा परे वागेश्वरि माविमा क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ । सिम्ताका ९ वटै वडाका टोल वस्ति वस्ति पुगेर कोरोना सचेतना सम्बन्धि जनचेतना जगाउने काम दैनिक हुने गरिएको छ ।