लकडाउनको समयमा नै सल्यानमा वस दुर्घटना : सहचालकको मृत्यु

सल्यान १४, चैत ।
सरकारले गत मंगलवार देखी लकडाउनको घोषणा गरेको छ । बिश्वभर कोरोना भाइरसको त्रास फैलदैँ गएको बेलामा सरकारले चैत १८ गते सम्म लकडाउनको घोषणा गरेको छ । तर लकडाउन कै क्रममा सल्यानमा बस दुर्घटना हुदा एक जनाको मुत्यू भएको छ । बिहीवार साँझ जिल्लाको शारदा नगरपालिका ८ काटीगाउबाट दुल्धारा पोखरा आउदैँ गरेको ना ३ ख ७९७५ नम्वरको वस मार्केबजार नजिकै दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

फाइल तस्वीर ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ बर्षिय सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालीलाई जिल्ला अस्पताल सल्यानबाट थपउपचारको लागी नेपालगञ्ज लैजादैँ गर्दा बाटोमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ बर्षिय सुरेन्द्र सेजवाल, २७ बर्षिय खेमराज बुढाथोकी र २८ बर्षिय थमन चलाउने घाइते भएको छन् ।

घाइतेहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा दुल्धारा पोखरा आउने क्रममा वस दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित