नेपालमा भेटिए कोरोना भाइरसको चौथो संक्रमित

चैत १४ ।
कोरोना भाइरस (कोभिड(१९) को चौथो संक्रमित भेटिएका छन । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस मिटमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यस्तो बताउनुभएको हो । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन । चैत ११ गते उनी अस्पताल भर्ना भएका थिए । उनी दुबईबाट आएका थिए ।


३४ वर्षका उक्त व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । उनी पुरूष हुन् । देवकोटोले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित