शब्द/तस्वीरः बामदेव केसी,
सल्यान १५, चैत । सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यानमा टुडेमा स्थान दिदैँ आएका छौँ । सल्यानका बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।
सल्यानको सबैभन्दा अग्लो जथाक लेक, यसको उचाई २ हजार ७ सय ८० मिटर छ ।
राप्ती राजमार्ग ।
शारदा नगरपालिका सल्यानमा पर्ने जिल्लाकै प्रमुख ब्यापारीक केन्द्र श्रीनगर बजार ।
कुमाख गाउँपालिका सल्यानमा पर्ने कुमाख लेक ।
सल्यान जिल्लाको सदरमुकाम खलंगा बजार ।
बागचौर नगरपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ चयालगाउँ ।
बन्गाड कुपिण्डे नगरपालिकामा पर्ने आँपचौर बस्ती । तस्वीरः दुर्गा बिसी