सल्यान १५, चैत ।
सल्यानको शारदा नगरपालिकाले निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि २ हजार रुपैया आर्थिक सहयोग गर्ने भएको छ । लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि २ हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
लकडाउनको समयसीमा तन्कदै गएमा त्यस्ता गरिव परिवारलाई मासिक २ हजार सहयोग गर्ने निर्णय आज शनिवार बसेको कार्यपालिका बैठकले गरेको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । यस्ता गरिव परिवार पहिचान गर्ने जिम्मा वडाअध्यक्षहरुलाइ दिईएको उहाँको भनाई छ ।
त्यस्तै नगरले खलङ्गा सदरमुकाममा रहेको त्रिभुवन जन माद्यामिक बिद्यालयको भवनमा २० बेड क्षमताको क्वारेन्टाइन कक्षको ब्यवस्थापन गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनमा राखिनेहरुको आवश्यक खर्च नगरले ब्यहोर्ने छ । नगर कार्यपालिकाको बैठकले नगर भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सञ्चार खर्च स्वरुप ३ हजार रुपैया उपलव्ध गराउने, नगर क्षेत्र भित्र कार्यरत संघसस्था, बजार ब्यवस्थपन समिती तथा व्यक्तीहरुले कुनै राहत प्याकेज घोषणा गर्दा नगर संघ समन्वय गरेर मात्र घोषणा गर्न निर्देशित गर्ने पनि निर्णय गरेकोछ ।
नगरले बिदेश र भारतवाट आएका नगरवासीहरुलाइ घरबाहिर ननिस्कन र कम्तिमा १४ दिन सम्म होम क्वारेन्टाईनमा बस्न आग्रह गर्नुभएको छ । नगरभित्र करिव १ सय ४ जना बिदेश र भारत बाट घर फर्किएको पाइएको छ ।