दुर्गा बिसी,
सल्यान १६, चैत ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाले भारत सहित अन्य मुलकबाट आएकाको तथ्यांक संकलन गरेको छ । यहि चैत महिना भित्रमा भारत सहितका बिभिन्न मुलकबाट भित्रिएका नागरिकको वडा तथा बस्ती स्तरमा तथ्यांक संकलन गरेको हो ।
जस अन्र्तगत भारतवाट १ सय ६० जना, मलेसिया बाट १ र कतारबाट १ जना गरि जम्मा १ सय ६२ जना आएको नगरपालिकाले जनाएको छ । उनीहरु सबैलाई आफ्नै घरको क्वारेन्टाइनमा वस्न नगरपालिकाले आग्रह गरेको छ । प्रत्येक वडा वडामा जनप्रतिनिधिलाई र कर्मचारीलाई तथ्यांक संकलनको जिम्मेवारी दिएको थियो ।
भारत सहितका देशबाट आएकाहरुको अवस्था हाल सम्म ठिकै रहेको नगर स्वास्थ शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । आफ्ना मातहतका सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरु समेत सजगता अपनाइ काममा खटेको पोख्रेलको भनाइ छ । आबश्यक औजार उपकरणको ब्यबस्था नहुदाँ समस्या भैरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
यसैबिच नगरप्रमुख गोविन्द कुमार पुनले कोरोना भाइरस रोकथामका लागि स्वास्थकर्मीले प्रयोग गर्ने उपकरणहरु छिट्टै आउने जानकारी दिनुभएको छ । साथै कोरोना भाइरस रोकथामका लागि सबै नगरवासी जुटन उहाँले अपिल गर्नु भएको छ । विशेष गरि भारत सहितका बिभिन्न देशहरुबाट भित्रिएका सबैमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।