दुर्गा बिसी,
सल्यान १७, चैत ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यान बन्गाड कुपिण्डे नगर कमिटीले बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध लड्न र सजकता अपनाउन सबैमा आग्रह गरेको छ । अतिआबश्यक बाहेक अन्य काममा घर बाहिर नजान तथा सावुनपानीले नियमित हात धुन र स्वास्थ्यमा बिशेष ख्याल गर्न सुझाव दिएको हो ।
एक अपिल जारी गर्दै नेकपा बन्गाडले विदेशबाट आएकाहरुलाइ १४ दिन सुरक्षित साथ घरमै वस्न आग्रह पनि गरेको छ । कोरोना विरुद्ध लड्न र आफु पनि वच्न तथा अरुलाइ बचाउनको लागि राज्यका सबै निकायको अतुलनीय भुमिका रहेको नेकपाले जनाएको छ ।
लकडाउनको पूर्ण रुपमा पालना गर्न अनुरोध गर्दै पार्टीले लकडाउनको समयमा विपन्न वर्गको पहिचान गरि राहतको प्याकेज समेत घोषणा गर्न ३ तहका सरकारलाई अनुरोध समेत गरिएको छ । घरभित्रै वसेर सरसफाइका कुरामा उच्चतम ध्यानदिदै चेतनामूलक कार्यमा लाग्न समेत सिंगो पार्टी पंक्तिलाई अपिल गरिएको छ ।
नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना र सचिव गञ्जमान वुढाद्वारा जारी अपिलमा नागरिकलाई स्वंयमता अपनाउन आग्रह गरिएको छ । कोरोना विरुद्धको अभियानमा जुटन पार्टी पंक्ति, राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरकारी तथा गैरसरकारी निकाय सबैलाई हातेमालो गरेर काम गर्न समेत भनिएको छ ।