सल्यान १७, चैत ।
सल्यानमा कोरोना भाइरस संक्रमणको परिक्षण गर्न ३ वटा नमुना संकलन गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुँला, माझखर्कका एक दम्पती र छत्रेश्वरी गाउपालिका वडा नम्बर ३ झिम्पेका एक जनाको नमुना संकलन गरिएको हो ।
कर्णाली प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको टोलीले सोमवार आज नुमना संकलन गरेको हो । निगालचुँलाका युवक भारतबाट फर्किएका थिए, भने झिम्पेका दाङ्गबाट केही दिन अगाडी मजदुरी गरेर फर्किएका थिए । ज्वरो आउने, खोकी लाग्ने लगाएतका लक्षण भएकाले नमुना संकलन गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।
लगातार ज्वरो आउने, खोकी लाग्ने लगाएका लक्षण देखिएकाले कोरोना भाइरसको संक्रमणको आशंकामा परिक्षणका लागी नमुना संकलन गरिएको उहाँको भनाई छ । नमुना संकलन गरिएका दुवै जना अहिले क्वारेन्टाईनमा रहेका छन् । संकलन गरिएका नमुनाको रिपोर्ट आउन केही दिन लाग्ने जिल्ला अस्पताल सल्यानले जनाएको छ । यसैबिच जिल्ला अस्पताल सल्यानमा अहिले सम्म ९१ जनाले कोरोना सम्बन्धी स्वास्थ्य परिक्षण गराएका छन् ।