शारदा नगरपालिकाद्धारा २० शैयाको क्वारेन्टाइन निर्माण

सल्यान १७, चैत ।
सल्यानको शारदा नगरपालिकाले २० शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ लुहापिङ्गमा रहेको त्रिभुवन जन माद्यामिक बिद्यालयमा २० शैयाको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो । शनिवार बसेको नगर कार्यपालिका बैठकले नगरमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

शारदा नगरपालिका भित्र बिदेश र भारतबाट आएका नागरिकहरुमा कोरोना भाइरसको शंका देखिएमा त्यस्ता शंकास्पद बिरामीहरुलाई नगर स्वास्थ्य शाखाको निगरानीमा यस क्वारेन्टाइनमा राखिने नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । नगरको आफ्नै स्रोत र साधनको प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिएको उहाँको भनाई छ ।


नगरले भारत सहितका तेस्रो मुलकबाट आएका नागरिकहरुलाइ कम्तिमा १४ दिन सम्म घरमै सुरक्षित साथ बस्न र समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्न आग्रह गरेको छ । साथै सरकारले घोषणा गरेको लकडाउनको पूर्णरुपमा पालना गर्न नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस