मजदुरीका लागी बिभिन्न जिल्लामा गएका ३ सय ९० जना सल्यान भित्रिए

सल्यान १८, चैत ।
सरकारले लकडाउनको घोषणा गरे देखि अहिलेसम्म नेपालका विभिन्न जिल्ला बाट ३ सय ९० जना सल्यान भित्रीएका छन । मजदुरीको लागि विभिन्न जिल्लामा गएका उनिहरु सल्यानमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कार्यालय संगको तथ्यांक अनुसार सोमवारसम्म सबै भन्दा धेरै लमजुङबाट १ सय ३३ जना जिल्ला भित्रीएका छन । यस्तै कास्की बाट १ सय १७ जना पर्वतबाट ८२ जना, गोर्खाबाट ३० जना र काठमाण्डौँ बाट २८ जना फर्किएका छन ।


उनीहरु सबैको कपुरकोटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण गराएर मात्रै जिल्लामा प्रवेश गराईएको हो । साथै सम्बन्धित स्थानीय तहले समेत उनीहरुको स्थास्थ्य परिक्षण गरेका छन भने उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । नगरमा भित्रिने सबैको स्वास्थ्य परिक्षण गर्ने गरिएको वागचौर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस