सल्यानको सिद्ध कुमाख गाउपालिकामा २५ बेडको क्वारेन्टाइन तयार

सल्यान १९, चैत ।
सल्यानको सिद्ध कुमाख गाउपालिकाले २५ वेडको क्वारेन्टाइन तयार पारेको छ । बिश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्नको लागि गाउपालिकाले २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको हो । ढोरचौरमा रहेको निराजन माद्यामिक बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारी दिनुभयो ।


कोरोना भाइरसबाट ‘आफु बचौँ अरुलाइ पनि बचाउ’ भन्ने भावनालाइ आत्मसाथ गर्नको लागि छुट्टै स्थानमा क्वारेन्टाइन बनाइएको बताउदै अहिले तत्काललाइ २५ वेडको भएपनि आवश्यकता अनुसार यसलाइ बढाउन सकिने उहाँको भनाई छ । क्वारेन्टाइनमा चाहिने आवश्यक सामग्री लगाएत जनशक्तिको समेत व्यवस्था गरिएको छ । भारत लगाएत अन्य मूलुक वा सल्यान जिल्ला बाहिरबाट आएका गाउँपालिका भित्रका नागरिकहरुमा कोरोना भाइरसको आशंका लागेमा तत्काल निराजन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने र निरन्तर स्वास्थ्य अवस्था जाँच गरिने साथै संक्रमणको सम्भावना देखिएमा परिक्षणको लागि रिफर गरिनेछ ।

क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुको लागि क्वारेन्टाइन कक्षमा विद्युत, इन्टरनेट लगाएतका प्रविधिहरु जडान गरिएको छ । शुद्ध पिउनेपानी, शौचालय, चमेनागृह लगाएतको पनि ब्यबस्था गरिएको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस