सल्यान १९, चैत ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा परिक्षणका लागी पठाएका सल्यानका ३ जना कै परीक्षण रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले परिक्षणका लागी पठाएका सल्यानका तीन जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ ।
सोमवार कोरोना परिक्षणका लागी तीन जनाको स्वाब संकलन गरेर काठमाडौंको केन्द्रीय प्रयोगशालामा नमुना पठाईएको थियो ।