बन्गाड कुपिण्डे नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न बितरण गर्ने

दुर्गा बिसी,
सल्यान १९, चैत ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले विपन्न परिवारलाई ३ हजार रुपैँया बराबरको खाद्यान्न दिने भएको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिको बुधबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लामो समयको लकडाउनका कारण नगरका विपन्न वर्गमा खाद्यान्नको संकट पर्न थालेपछि ४ जनाको परिवारलाइ २ हजार र ४ जना भन्दा माथिल्लो संख्या भएका घर परिवारलाई ३ हजारका दरले खाद्यान्न दिने निर्णय गरेको हो ।


यस्तै बैठकले नगरको वजार क्षेत्रमा किटनाशक औषधि समेत छर्किने निर्णय पनि गरेको नगर प्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो । यस्तै नगरपालिकाको केन्द्र नजिकमा रहेको प्रभाकर माद्यामिक बिद्यालयमा २० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि भएको छ । क्वारेन्टाइन ब्यबस्थापनको लागी नगर उपप्रमुख मञ्जु यरीको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । यस्तै बैठकले वडाअध्यक्षको अध्यक्षतामा वडा स्तरमा विपद ब्यबस्थापन समिति पनि गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस