यस बर्षको चैते दशैँ : सल्यानको खैरावाङ भुवनेश्वरी मन्दिर सुनसान

सल्यान २०, चैत्र ।
सल्यानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल खैरावाङ्ग भुवनेश्वरी मन्दिर सुनसान बनेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अबस्थित यस मन्दिरमा बिगतका बर्षहरुमा चैते दशैँको बेला मन्दिर दर्शन तथा पुजापाठ गर्नेहरुको भिड नै लाग्ने गर्दथ्यो । तर कोरोना भाइरसको त्रासका कारण यस बर्षमा मन्दिरमा दर्शनार्थी तथा पुजापाठ गर्नेहरुको उपस्थिती शून्य रहेको छ ।


खैरावाङ्ग भूवनेश्वरी मन्दिर धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष छबि कुमार शर्माले धार्मिक तथा पर्यटकि क्षेत्रमा कोरोना भाइरसको डरका कारण भिडभाड हुन नदिने सरकारको निति र अहिले जारी लकडाउनले गर्दा पुजाआजा गर्नेहरुको उपस्थिती शून्य रहेको बताउनुभयो । यस मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने धार्मिक बिश्वास रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा दैनिक रुपमा गरिदैँ आएका पुजापाठ बाहेकका अन्य कार्यहरु बन्द गरिएको उहाँको भनाई छ । गत बर्षको चैते दशैँमा मात्रै दश हजार बढी भक्तजनहरुले मन्दिरमा पुजाआजा तथा दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस