दुर्गा बिसी,
सल्यान २०, चैत्र ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सुर्खेतको सिम्ता गाउँपालिकाका स्थानिय युवाहरु सक्रिय वनेका छन् । कोरोना भाइरसबाट जोगिन र जोगाउन भन्दै यहाँको जनसन्देश यूवा क्लब सिम्ता सक्रिय बनेको छ । यस्तै सिम्ताका ३ सय घरधुरीलाई सावुन वितरणसँगै सचेतिकरण गर्ने काम गरेको क्लवले जनाएको छ ।
सिम्ता गाउँपालिकाको वडा १ र ३ का लुकुई, रोगारया, चौर, बाँखर्क र काक्रेतराको करिब ३ सय घरधुरीलाई साबुन, प्रचा, पम्पेलेट वितरण गर्नुका साथै घरदैलोमा गएर सचेतना फैलाउने काम भएको जनाएको छ । अभियानमा क्लबका अध्यक्ष तेजविक्रम सिह, सचिव गंगन सिंह लगाएत पदाधिकारी र क्लबका मुख्य सल्लाहकार जित बहादुर सिह र अमर सिह ठकुरी लगाएतको सहभागिता रहेको थियो ।
क्लवले आफ्नै स्रोतबाट सामाग्री खरित गरेर बितरण गरेको हो । अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि सिम्ता गाउँपालिकामा स्थानीय सरकार, राजनीति दल, संघसंस्था र प्रहरी प्रशासन सक्रिय भएर लागेका छन् ।