वजारमा कालोवजारी भए तत्काल कारबाही गर्छौ : बन्गाड कुपिण्डे नगरपालिका

दुर्गा बिसी,
सल्यान २०, चैत ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले लकडाउनको समयमा कालोवजारी गर्ने गरेको पाईएमा तत्काल कारबाही गर्ने जनाएको छ । सरकारले लकडाउन गरेको अहिले अबस्थामा दैनिक उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्ने, बढी मूल्यमा सामान बिक्री गरेको पाईएमा कारबाही गर्ने नगरपालिकाले जनाएको हो ।

वजारमा उपभोग्य वस्तुको मूल्यमा केही व्यपारीहरुले महंगोमा सरसामान विक्रीवितरण भएको सुन्नमा मात्रै आएपनि एक्सन लगिने जनाईएको छ । यस्ता अतिआवश्यक सरसामान किनमेलमा भिडभाड नगर्न र लकडाउनलाई अक्षरस पालना गर्न झन कडाइ गरिने भएको छ । यस्तै वजार तथा गाउँघरमा भिडभाड नगर्न समेत अनुरोध गरिएको छ ।

फाइल तस्वीर

यसैबिच नगरले २० शैयाको क्वारेन्टाइन व्यवस्थापन साथै वास, गाँस, सरसफाइ र विविध व्यवस्थापनको लागि जिम्मेवारी वाँडफाँड गरेको नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिनुभयो । २० कक्षको क्वारेन्टाइन व्यवस्थापन लागि हाललाई समितिको तर्फबाट फोकल पर्सनमा समितिका संयोजक मञ्जु यरी, सरसफाइ क्षेत्रमा वजार व्यवस्थापन समिति अध्यक्ष शिव वलि, खानपिन व्यवस्थापनमा गुञ्जमान वुढा, परामर्शमा शिखर कुमार यरी, खानेपानी सञ्चार तर्फ टोपवहादुर भण्डारी र सम्पर्क व्यक्तिको रुपमा रेडक्रस शाखा सभापति पुष्कर विसीलाइ जिम्मेवारी दिइएको छ ।

अवस्था प्रतिकुल वन्दै गएमा क्वारेन्टाइनको सँख्या र स्थान पनि थपिने नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस