दुर्गा बिसी,
सल्यान २१, चैत ।
सुर्खेतको सिम्ता गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि किटनाषक औसधि छरेको छ । सिम्ताको राकम पुलवजार, जामुनेवजार, चौर, ज्यामिर चौर, गोजिवजार, लुकुइ, औल झ्याम, वालि खोला, काली खोला, तारकुला, बाँखर्क, छेडावजार, आलि लगाएत दमकलको पहुँचमा रहेका स्थानमा गरि १५ हजार लिटर कोलोरिन पाउडर किटनासक औषधि छर्किएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनु भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाको आयोजनामा सिम्ताका विभिन्न क्षेत्रमा किटनासक औषधि छर्किएको उहाँको भनाइ छ । फोहमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभएको छ । कोरोना रोकथामका लागी यस गाउपालिकाले ५० शैयाको क्वारेन्टाइन समेत निर्माण गरिसकेको जनाएको छ ।