मन्त्री ज्वाला र शर्माले पठाए सल्यानमा अत्यावश्यक उपकरण र औषधि

सल्यान २१, चैत ।
सल्यानका स्थानिय तहलाई अत्याबश्यक उपकरण र औषधि प्रदान गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले सल्यानका स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै कर्णाली प्रदेश, मन्त्री ज्वाला र शर्माको व्यक्तिगत लगानीमा सल्यानका दुई स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकामा पीपीई १० सेट, सर्जिकल मास्क २ हजार थान र सिटामोल लगाएतको एक कार्टुन औषधी हस्तान्तरण गरिएको छ ।


यस्तै कुमाख गाऊँपालिकामा १० सेट पीपीई, एक हजार पाँच सय सर्जिकल मास्क र सिटामोल सहितको एक काटुर्न औषधी बिहिबार हस्तान्तरण गरिएको छ । पीपीई लगाएतका उपकरण मन्त्री ज्वाला र शर्माको ब्यक्तिगत लगानीमा र मास्क तथा औषधि स्वास्थ्य सेवा निर्देशनालयको तर्फबाट सल्यानमा पठाईएको हो ।

कोरोना भाइरसको संक्रमण फैलदैँ गएको बेला सहज स्वास्थ्य सेवाका लागी औषधि तथा उपकरण सल्यान पठाईएको मन्त्री ज्वालाले जानकारी दिनुभयो । यस्तै जिल्लाका अन्य स्थानिय तहहरुमा पनि प्रदेश सरकार र आफ्नो तर्फबाट क्रमिक रुपमा स्वास्थ्य सामाग्री र औषधी उपलब्ध गराइने मन्त्री ज्वालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस