सल्यान २२, चैत ।
सल्यानको छत्रेश्वरी गाउपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा ४ जना बसेका छन् । कोरोना भाइरसको संक्रमण भएको आशंकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको गाउपालिकाले जनाएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माद्यामिक बिद्यालय जयचौरमा निर्माण गरिएको क्वारेन्टाइनमा एक साता देखी उनीहरु बस्दै आएका हुन् ।
उनीहरुको अबस्था अहिले सामान्य रहेको गाउपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो । गाउपालिकाले कोरोना भाइरसका लक्षण देखिएमा सुरक्षित साथ राख्नको लागी ४३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । गााउमा यदि शंकास्पद लक्षण देखिएका वा बाहिरबाट आएका कोही व्यक्तिहरुमा कोरोनाको शंका देखिएमा तुरुन्तै क्वारेन्टाइनमा बस्न गाउपालिकाले आग्रह गरेको छ ।
त्रिबेणीको क्वारेन्टाइनबाट १२ जना घर फर्किए
सल्यानको त्रिबेणी गाउपालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेका १२ जना घर फर्किएका छन् । स्वास्थ्य परिक्षण गर्दा कुनै समस्या नभएकाले उनीहरुलाई सुरक्षित साथ घर पठाईएको गाउपालिकाले जनाएको छ । गाँउपालिकाको क्वारेन्टाइनमा अब २ जना मात्रै छन् । उनीहरु मध्ये एक जना दुवई बाट र एक जना भारत बाट आएको स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको अबस्था पनि सामान्य रहेको छ ।
उनीहरु अहिले जना माद्यामिक बिद्यालय काभ्राको क्वारेन्टाइनमा रहेका छन् । गाउपालिकाले वडा नं. १ काभ्रामा रहेको जनता माद्यामिक बिद्यालयमा १२ बेड, वडा नं. २ को काँरागिठीमा रहेको राधेश्याम माद्यामिक बिद्यालयमा १० बेड र वडा नं ६ को लुहाममा रहेको चण्डेश्वरी प्राथामिक बिद्यालयमा ८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।