तस्वीरमा सल्यान : हेर्नुहोस् (सात उत्कृष्ट तस्वीर)

“सल्यान चिनाउने हाम्रो अभियान”

शब्द/तस्वीरः बामदेव केसी,
सल्यान २२, चैत । सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागी सरकारले लकडाउनको घोषणा गरेको छ । यस्तो अबस्थामा हामी जिल्लाका बिभिन्न क्षेत्रहरुमा फोटो खिच्नको लागी जान नपाए पनि केही समय पहिले हाम्रो क्यामरामा कैद गरिएका तस्वीरहरु आजको अंकमा राखेका छौँ ।

बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका सात उत्कष्ट तस्वीरहरु ।

कालिमाटी गाउँपालिका सल्यानमा पर्ने कछुवा दह ।

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर बजारलाई इन्द्रेणीले ढाकेको बेला ।

छत्रेश्वरी गाउँपालिका सल्यानमा पर्ने छत्रेश्वरी मन्दिर ।

उदाउँदै गरको सुर्यको सुन्दर दृश्य , मिडिया भिलेज डाँडागाउँ सल्यान ।

शारदा नगरपालिका सल्यानमा पर्ने सुन्दर बस्ती मदना ।

सल्यान खलंगा आउने जाने बाटो मैसेपानि आसपास को यो मनोरम दृश्य ।

लान्ती हुदैँ लेखपोखरा जानेबाटो, माथी देखिने ढकढके लेख ।

प्रतिक्रिया दिनुहोस