बन्गाड कुपिण्डे नगरपालिकाले बजार क्षेत्रमा छ¥यो भाइरस मार्ने औषधी

दुर्गा बिसी,
सल्यान २२, चैत ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले बजार क्षेत्रमा औषधी छरेको छ । नगरपालिकाले नगर क्षेत्रमा भाइरस मार्ने औषधी छरेको जानकारी दिएको छ । दमकलबाट औषधी नगरका मूख्य मूख्य बजार क्षेत्रमा छरिएको हो । नगरको मुख्य वजार सल्लिवजार, देवस्थल, शंखपिपल, नाथेखोला, सुनौलीवजार, वालुवासँग्रही, ढोरपिपल, धारापानी वजार लगाएतका स्थानमा किटनासक औसधि क्लोरिन पाउडर झोल छर्किएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।


‘बजार क्षेत्रमा औषधी छर्न धेरैको आवाज उठ्यो । नगरपालिकाले भाइरस मार्ने औषधी छरेको हो’ उहाँले भन्नुभयो–‘बजारमा दमकलले छरेका छौँ ।’ बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र नगर स्वास्थ शाखाको आयोजनामा कोरोना रोकथाम तथा भाइरस नियन्त्रणका लागि वढी फोहरमैला हुने र मानिसको जमघट, भेला हुने स्थानमा औषधी छरेको उहाँको भनाई छ । नगर प्रमुख पुन, उपप्रमुख मञ्जु यरी, लगाएतको उपस्थितीमा औषधि छर्किएको हो ।

नगर स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले नगरका विभिन्न स्थानमा, दमकलको पहुँच पुग्ने ठाउँमा १८ हजार लिटर औषधि छरेको जानकारी दिनुभयो । औषधिले भाइरस नियन्त्रण तथा नष्ट हुने नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा भाइरस मार्ने औषधी छरिएपछी नागरिकहरुले सावधानी अपनाउन नगरपालिकाले ध्यान दिएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस