कोरोना भाइरस रोकथाममा सक्रिय बन्दै कर्णाली प्रदेश सरकार

सल्यान २२, चैत ।
कोरोना भाइरसको रोकथामका लागि कर्णाली प्रदेश सरकार सक्रिय बन्दै गएको छ । कोभिड १९ विरुद्ध प्रदेश सरकारले विभिन्न रणनीति बनाएर अग्रसरता देखाएको हो । उक्त महामारी रोक्न नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको छ । प्रदेशको दश वटै जिल्ला विपद व्यवस्थापन समितिलाई ५० लाखको दरले बजेट दिने तयारी गरेको छ ।


शनीवार सल्यानमा पत्रकारसँग कुराकानी गर्दै सामाजिक बिकास मन्त्री दल रावलले कोरोना भाइरसको रोकथामका लागी प्रदेश सरकारले लागि परेको जानकारी हो । सबै जिल्लामा उपकरण र औषधि पठाएको, सर्खेतमा नै कोरोना संक्रमण भए नभएको थाहा पाउन स्वाव परिक्षण थालिएको उहाँले जानकारी दिनुभएको हो । उहाँले कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा संक्रमितको तत्काल उपचारको लागी हेलिकप्टोर तयारी अबस्थामा राखिने जानकारी दिनुभयो ।

यस्तै पत्रकार संग कुराकानी गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशमा रहेका गरीब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराउन राहत प्याकेजको घोषणा गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ । उहाँले कर्णालीवासीलाई २ महिना सम्म पुग्ने खाद्यान्न भएकाले हतोत्हासित नभएर कोरोना बिरुद्धको अभियानमा जुट्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस