सल्यान जेसिसद्धारा १ सय ६२ घरधुरीलाई राहत बितरण

डम्बर केसी,
सल्यान २२, चैत ।
सल्यान जेसिसले विपन्न बर्गका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । शनीवार जिल्लाको शारदा नगरपालिका अन्र्तगत शान्तिनगर, दारिमचौर भगवती खोला, दोमटी लगाएतका स्थानमा गरेर १ सय ६२ घरधुरीलाई राहत बितरण गरिएको हो ।


लकडाउन शुरु भएपछि दैनिक काम गरेर खाने बिपन्न बर्गहरुलाई दैनिकी चलाउने समस्या भएकाले खाद्यन्न बितरण गरिएको सल्यान जेसिसका महासचिव दिपेन्द्र डाँगीले जानकारी दिनुभयो । चामल, दाल, नुन, तेल लगाएतका सामाग्रीहरु बितरण गरिएको उहाँको भनाई छ ।


जिल्लाका बिभिन्न ठाँउ तथा जाजारकोट, बिरगन्ज लगाएतका स्थानमा घर भएर जिल्लामा बस्दै आएका उनीहरुलाई राहत बितरण गरिएको हो । राहतको लागी १ सय ३१ जनाले आर्थिक सहयोग र ४ जनाले जिन्सी सामान सहयोग गरेका थिए । संकलित २ लाख ५० हजार ७ सय ७८ रुपैँयाबाट खाद्यान्न सामाग्रीहरु खरिद गरेर बितरण गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस