बन्गाड कुपिण्डे नगरपालिकाले पठायो स्वास्थ्य चौकीमा औषधि र उपकरण

दुर्गा बिसी,
सल्यान २३, चैत ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थाहरुमा अत्याबश्यक औषधि र उपकरणहरु पठाउन शुरु गरेको छ । यसैक्रममा आज वडा नम्बर ७ को मैदुपोखरीमा रहेको स्वास्थ चौकिमा औषधि र उपकरण हस्तान्तरण गरिएको छ । पीपीइ सेट ३ थान, मास्क सर्जिकल १ सय ५० थान, कटन मास्क १२ थान, सेनिट्राइजर ४ सय एमलको ४ पिस, ग्लोभ्स लगाएतका कोरोना रोकथाम तथा चेकजाँचको लागि चाहिने प्राथामिकता केही औषधिहरु नगर प्रमुख गोविन्द कुमार पुनले स्वास्थ्य चौकी प्रमुख अम्मर भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।


नागरिकको चेकजाँचमा कमि हुन नदिने र विदेश तथा भारतबाट आएका स्थानीयको उच्च निगरानी गर्न सो अबशरमा नगरप्रमुख पुनले आग्रह गर्नु भएको छ । आबश्यक औषधि र उपकरणको अभाव भएको खवर बाहिर आएपछि नगरप्रमुख आफैँ औषधि र उपकरण लिएर जानुभएको हो । यस्तै नगरले आबश्यक औषधि र उपकरण कम भएको स्थानमा आबश्यकता हेरेर औषधि तथा उपकरण पठाउने तयारी गरेको छ । सामान पाएपछि काम गर्न सहज हुने स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस