शारदा नगरपालिकाद्धारा एक वडाबाट अर्को वडामा जान प्रतिवन्ध

सल्यान २३, चैत ।
सल्यानको शारदा नगरपालिकाले अन्तर वडा गरिने आवातजावत बन्द गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै नगरका १५ वटै वडाको आवतजावतमा प्रतिवन्ध लगाएको हो । नगर कार्यपालिकाको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । अहिलेको परिस्थीतीलाई ध्यानमा राखेर नगरको १५ वटै वडाहरुमा आवतजावत बन्द गरिएको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो ।


तर बिरामी, स्वास्थ्यकर्मी र अत्यावश्यक काममा खटिएकालाई भने यो प्रतिवन्ध लागुहुने छैन । यस्तै बैठकले आफु खुसी राहत बितरण नगर्न आग्रह गर्दै नगरले स्थापना गरेको बिपद व्यवस्थापन कोष मार्फत एकद्वार प्रणालीबाट राहत बितरण गरिने जनाएको छ ।

यस्तै कोरोना भाइरसको त्रासको समयमा पनि आफ्नो जिम्मेवारीमा खटिएका विभिन्न क्षेत्रका राष्ट्रसेवक कर्मचारीहरुलाइ ५० प्रतिशत भत्ताको ब्यवस्था गर्ने निर्णय नगरले गरेको छ । यस्तै शारदा नगरपालिकामा बिपद ब्यवस्थापन कोष स्थापना भैसकेकाले त्यस कोषमा तत्काल १५ लाख रुपैया ब्यबस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस