नेकपा सल्यानका तीन नेताद्धारा खाद्यान्न बितरण

दुर्गा बिसी,
सल्यान २३, चैत ।
सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेताहरुले खाद्यान्न बितरण शुरु गरेका छन् । कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा सल्यानमा सह इन्चार्ज गुलावजंग शाह र नेकपाका नेताद्धय मनोज कुमार प्रधान र प्रमोद श्रेष्ठले जिल्लामा राहत बितरण शुरु गरेका हुन् ।

२ सय बोरा चामल, २ सय पोका नुन, २ सय बोतल खाने तेल बितरण गर्न शुरु गरिएको हो । यसैक्रममा आइतबार बनगाड कुपिण्डे नगरपालिकामा २० बोरा चामल, १५ पोका नुन र २० बोतल खाने तेल उपलव्ध गराएको छ ।


शाहका स्वकीय सचिव रामवहादुर केसी, नेकपामा नेता मनोज सिंह लगाएतको टोलीले आज बन्गाड कुपिण्डे नगरपालिकामा प्रमुख गोबिन्द कुमार पुन, उपप्रमुख मञ्जु यरीलाई हस्तान्तरण गर्नुभएको हो । नगरमा प्राप्त भएको खाद्यान्न वडा विपद् व्यवस्थापन समितिको सिफरिसमा एकद्वार प्रणाली मार्फत विपन्न घरपरिवालाई बितरण गर्ने नगरप्रमुख पुनले बताउनुभयो । उक्त टोलीले जिल्लाका बिभिन्न स्थानिय तहहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस