मन्त्री ज्वाला र शर्माले पठाए थप ४ स्थानिय तहमा अत्यावश्यक उपकरण र औषधि

सल्यान २३, चैत ।
सल्यानका थप चार स्थानिय तहलाई अत्याबश्यक उपकरण र औषधि प्रदान गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले सल्यानका थप चार स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।


जिल्लाको शारदा नगरपालिका, कलिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री दश÷दश थान पीपीइ सेट तथा कालिमाटी र छत्रेश्वरी गाउँपालिकामा प्रदेश सरकारद्वारा उपलब्ध औषधि र सर्जिकल मास्क सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई उहाँहरूले हस्तान्तरण गर्नुभएको हो ।

यस्तै बाँकी स्थानिय तहहरूमा पीपीइ सेट, औषधि र मास्क चाँडै उपलब्ध गराईने जनाईएको छ । कोरोना भाइरसको संक्रमण फैलदैँ गएको बेला सहज स्वास्थ्य सेवाका लागी औषधि तथा उपकरण सल्यान पठाईएको मन्त्री ज्वालाले जानकारी दिनुभयो । यस अघि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका र कुमाख गाउपालिकामा उपकरण तथा औषधि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस