दुर्गा बिसी,
सल्यान २४, चैत ।
सल्यानको एक वडा कार्यालयले आफ्नो सिमामा पर्ने भेरि नदीको झोलुंगे पुलमा आवत जावत वन्द गर्ने निर्णय गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का ४ वटा पुल बन्द गर्ने निर्णय भएको हो । यहाँ भेरि नदि वारपारका लागि झोलुंगे पुल रहेको छ, जस्ले सल्यान, सुर्खेत र जाजारकोट लाई जोडेको छ ।
वडाअध्यक्ष प्रतिमल वुढाले विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । यस वडाको सिमाको ४ क्षेत्र बाँखर्क, छेडावजार, आलि र राइरामा झोलुंगे पुल रहेका छन् । उक्त क्षेत्रबाट आवतजावतमा रोक लगाएको उहाँले बतानुभयो । । लकडाउन अवधिभर आफ्ना नागरिक पनि जान नदिने र उताबाट पनि आफ्नो क्षेत्रमा प्रवेश निषेध गरिएको वडा कार्यालयका भनाई छ ।