जाजारकोटका रावतको शव सल्यानमा भेटियो

सल्यान २४, चैत ।
सल्यानमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ साङटाखोलामा आज बिहान शव फेला परेको हो । जाजारकोट जिल्लाको जुनीचाँदे गाउपालिका वडा नम्बर ८ घर भएका २३ बर्षिय धन बहादुर रावतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


मानसिक रुपमा समस्या भएका रावत गत चैत ९ गते घर देखी हराएको परिवारले प्रहरीलाई जानकारी दिएको छ । सडेको अबस्थामा शव फेला परेको र रावतका कान्छा बाजेले कपडाको आधारमा मान्छे चिनेपछि उनको नाम, थर र ठेगाना पत्ता लागेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइदैँ छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस