कैलालीका कोरोना संक्रमितसँगै आएका २ जना सल्यान अस्पतालको क्वारेन्टाईनमा

सल्यान २५, चैत ।
कोरोना संक्रमित व्यक्तिसँग आएका सल्यानका २ युवालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाईनमा राखिएको छ । भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका सल्यानका २ जनालाई स्वास्थ्यकर्मीको निगरानी सहित जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाको बागचौर नगरपालिका घर भएका २१ बर्षिय एक यूवाका आमा बुवालाई समेत क्वारेन्टाइनमा राखिएको छ । यस्तै दार्मा गाउपालिकाका अर्का एक यूवालाई पनि क्वारेन्टाईनमा राखिएको छ भने केही समय अघि भारत वाट नै आएका दार्मा कै अर्का एक यूवालाई पनि क्वारेन्टाईनमा राखिएको छ ।


स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको सल्यान टुडेलाई जानकारी दिनुभएको छ । ‘सोमवार बेलुका मात्रै जिल्ला अस्पतालमा उनीहरुलाई ल्याईएको हो, उनीहरुको अबस्था अहिले सामान्य छ’– उहाँले भन्नुभयो । उहाँले उनीहरुमा कोरोनाको संक्रमण भए नभएको थाहा पाउनको लागी स्वाव परिक्षण गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

यस्तै गौरीफन्टा नाका बाट नै आएका सल्यानको शारदा नगरपालिका ८ का अर्का ब्यक्ती भने बर्दियाको बढैयातालमा रहेको क्वारेनटाइनमा रहेको जनाइएको छ । यसअघि सल्यानमा कोरोना भाइरस संक्रमणको आशंकामा सल्यानका तीन जनाको नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस