कोरोना परिक्षणका लागी सल्यानका थप तीन जनाको नमुना संकलन

बुद्धि पुन,
सल्यान २५, चैत ।
सल्यानमा कोरोना भाइरस संक्रमणको परिक्षण गर्न फेरी तीन जनाको नमुना संकलन गरिएको छ । भारतबाट फर्किएका उनीहरुको नमुना संकलन गरिएको हो । जिल्लाको बागचौर नगरपालिकाका एक जना, दार्मा गाउपालिकाका एक जना र शारदा नगरपालिकाका एक जना गरेर तीनको नमुना संकलन गरिएको हो ।


कर्णाली प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको टोलीले मंगलवार आज नुमना संकलन गरेको हो । नमुना संकलन गरिएका तीन जना कै स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन कुमार बुढाले सल्यान टुडेलाई जानकारी दिनुभयो । नमुना संकलन गरिएका तीन जना मध्ये दुई जना जिल्ला अस्पतालमा रहेको क्वारेन्टाइनमा र अर्का एक जना शारदा नगरपालिकाले तयार पारेको लुहापिङ्ग क्वारेन्टाइनमा रहेका छन् ।

संकलन गरिएको नमुना सुर्खेतमा परिक्षण गरिने छ । यसअघि सल्यानमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनाको नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस