शारदा नगरपालिका ७ मा राहत बितरण

सल्यान २६, चैत ।
साँझ बिहानको छाक टार्न हम्मे हम्मे परेका विपन्न परिवारलाई सल्यानमा राहत बितरण कार्य चलिरहेको छ । यसैक्रममा जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ मा मंगलवार राहत बितरण गरिएको छ । मजदुर तथा विपन्न वर्गका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।


वडामा रहेका ४५ घरधुरीलाई राहत बितरण गरिएको वडाअध्यक्ष लिला बहादुर रोकाले जानकारी दिनुभयो । बिपन्न परिवारलाई चामल, नुन, तेल, सावुन बितरण गरिएको उहाँको भनाई छ । साथै सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै कोरोना भाइरसवाट बच्नको लागी सबै क्षेत्र सजक भएर लाग्न वडा कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस