मन्त्री ज्वाला र सल्लाहकार शर्माद्धारा पीपीइ सहयोग

सल्यान २६, चैत ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले व्यक्तिगत लगानीमा सल्यानका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागी ब्यक्तिगत लगानीमा पीपीइ सेट खरिद गरेर सहयोग गर्नुभएको हो ।


यसैक्रममा मंगलवार व्यक्तिगत रुपमा खरीद गरी जिल्लाका थप दुई स्थानीय तहहरू कपुरकोट गाउँपालिका र दार्मा गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामाग्री पीपीइ सेट दश÷दश सेट उपलब्ध गराईएको हो । यस्तै प्रदेश सरकारद्वारा उपलब्ध औषधि, सर्जिकल मास्क र पन्जालगायत सामग्री सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको छ ।
बाँकी स्थानिय तहमा पनि छिटै पीपीइ सेट तथा आबश्यक औषधि र उपकरण उपलब्ध गराईने मन्त्री ज्वालाले जानकारी दिनुभयो । यसअघि जिल्लाका ६ स्थानिय तहमा औषधि तथा उपकरण पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस