दार्मा र कुमाखमा बिदेशबाट आएकाको स्वाव संकलन गरिदैँ

सल्यान २६, चैत ।
सल्यानको दार्मा गाउपालिका र कुमाख गाउपालिकामा बिदेशबाट आएकाहरुको नमुना संकलन गरिदैँ छ । चैत १ गते यता भारतबाट फर्केकाहरु मध्येमा केही लक्षण भएका र तेस्रो मुलकबाट आएका सबैको कोरोना भए नभएको परिक्षणका लागी नमुना संकलन गरिने भएको हो । आज दार्मा गाउपालिकाको फारुलाचौर र कुमाख गाउपालिकाको रागेचौरमा नमुना संकलन गरिदैँ छ ।


दुवै गाउपालिकामा नमुना संकलन गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । जिल्ला अस्पताल सल्यानको टोलीले उनीहरुको नमुना संकलन गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले तेस्रो मुलकबाट चैत १ गते यता फर्किएका सबै जना र भारतबाट फर्किएका तर लक्षण भएकाहरुको मात्रै नमुना संकलन गरिने भएकाले नमुना संकलन गर्ने कार्यमा सहयोग गर्न स्थानिय तहहरुलाई आग्रह गर्नुभएको छ ।

जिल्लामा संकलन गरेको नुमना परिक्षणका लागी प्रादेशिक प्रयोगशाला सुर्खेतमा पठाइने छ । जिल्लाका सबै स्थानिय तहमा बिदेशबाट फर्किएकाहरुको नमुना संकलन गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस