मुक्तिनाथ विकास बैंकद्धारा शारदा र छत्रेश्वरीलाई खाद्य सामाग्री हस्तान्तरण

डम्बर केसी,
सल्यान २६, चैत ।
मुक्तिनाथ विकास बैंक शाखा कार्यालय सल्यान श्रीनगरले जिल्लाका दुई स्थानीय तहलाई एक लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावितहरुलाई लक्षित गरी बैकले दुई स्थानीय तहलाई सहयोग गरेको हो । शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकालाई ५०÷५० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको मुक्तिनाथ विकास बैंक शाखा कार्यालय श्रीनगरका प्रवन्धक सुनिल रेग्मीले बताउनुभयो ।


प्रवन्धक रेग्मीले शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेत र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीलाई राहत हस्तान्तरण गर्नुभएको थियो । चामल, दाल, तेल, नुन, चिनी, साबुन लागाएतका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस