भारतबाट आएका नागरिकको घरमा नै पुगेर स्वास्थ्य परिक्षण

दुर्गा बिसी,
सल्यान २६, चैत ।
सुर्खेतको सिम्ता गाउँपालिकाले भारतबाट आएका नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । गाउपालिकाले भारतबाट आई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट भागेका ७ जनाको स्वास्थ्य चेकजाँच गरेको छ ।


रुपैडिया नाकाहुदै उनीहरु नेपाल भित्रने क्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको क्वारेन्टाइनमा राखिएको थियोे । सिम्ताका विभिन्न स्थानका ७ जना वढी उक्त क्वारेन्टाइनबाट भागेर घर आएका थिए । यहि चैत्र ११ गते उनीहरु भित्रीएका थिए । १६ दिन पुगे पछि सिम्ता गाउँपालिका ४ सिमलागाउका ७ जनाको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीको पहलमा गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनको टोली घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको छ ।

सिमलगाउ पुगेर चिकित्सकको टोलीले उनीहरुको स्वास्थ परिक्षण गरेको हो । सबैको अवस्था समान्य रहेको जनाएको छ । भारत तथा अन्यमुलकबाट सिम्ता भित्रिएका १ सय ५२ जना नागरिकको स्वास्थ सामान्य रहेको समेत जनाएको छ । संकास्पदहरुको भने स्वाव परिक्षण हुने गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस