दार्मा र कुमाख गाउपालिकामा गरेर १३ जनाको स्वाव संकलन

बुद्धि पुन
सल्यान २६, चैत ।
सल्यानमा कोरोना भाइरस भए नभएको परिक्षण गर्न स्वाव संकलन गर्न थालिएको छ । चैत १ गते यता भारतबाट फर्केकाहरु मध्येमा केही लक्षण भएका र तेस्रो मुलकबाट आएका सबैको कोरोना भए नभएको परिक्षणका लागी नमुना संकलन गर्न थालिएको हो । यसैक्रममा आज दार्मा गाउँपालिका र कुमाख गाउपालिकामा तेस्रो मुलुक र भारतबाट फर्किएका १३ जना व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।


दार्मा गाउपालिकामा भारत सहित तेस्रो मुलुक तथा अन्तरजिल्लाबाट आएका १० जनाको स्वाब संकलन गरिएको हो । कोरोना भाइरसको संक्रमणको आशंका भारतबाट आएका ३ जना, मलेसिया, साउदी, दुबईबाट आएका १÷ जना, कतारबाट आएका २ जना र अन्तरजिल्लाबाट आएका २ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।

यस्तै कुमाख गाउपालिकामा ३ जनाको स्वाव संकलन गरिएको छ । आज संकलन गरिएका सबै नमुना परिक्षणका लागी सुर्खेत पठाईको छ । यसैबिच भोली बिहीवार कपुरकोट गाउपालिका र त्रिबेणी गाउपालिकामा नमुना संकलन गरिने छ । मंगलवार मात्रै भारतबाट आएका सल्यानका तीन जनाको स्वाब संकलन गरेर परिक्षणका लागी सुर्खेत पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस