ग्रामिण सहकारीद्धारा शारदा नगरपालिकालाई रु.५० हजार हस्तान्तरण

सल्यान २७, चैत ।
ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका २ सल्यानले शारदा नगरपालिकालाई राहत स्वरुप रु. ५० हजार सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा अति बिपन्न परिवारका नागरिकलाई राहत दिने उद्देश्यका साथ नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा हुने गरी रु.५० हजार सहयोग गरेको हो ।


सहकारी संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले नगरप्रमुख सुरेश अधिकारीलाई रु. ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै नगरपालिकालाई दाङ्ग तुल्सिपुर निवासी निर्माण ब्यबसायी पूर्ण बहादुर भण्डारीले रु. ३० हजार र खलंगा निवासी सन्देश श्रेष्ठले रु. ५ हजार सहयोग गनुभएको छ ।

प्रतिक्रिया दिनुहोस