सिद्ध कुमाख गाउपालिका २ मा ३६ घरपरिवारलाई राहत वितरण

सल्यान २७, चैत ।
सल्यानको सिद्धकुमाख गाउपालिकाले पनि बिपन्न घरपरिवारलाई राहत वितरण गर्न शुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका बिपन्न घर परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न शुरु गरेको हो । यसै क्रममा आज गाउपालिकाको वडा नम्बर २ का ३६ घरपरिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष रुद्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।


उहाँले गाउपालिकाले तयार पारेको कार्यबिधिका आधारमा प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो दाल राहत स्वरुप बितरण गरिएको जानकारी दिनुभएको छ । साथै उहाँले कोरोना भाइरसबाट बच्नको लागी सजक बन्न वडावासीलाई आग्रह गर्दै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित