कपुरकोट र त्रिबेणी गाउपालिकाबाट १३ जनाको स्वाव संकलन

सल्यान २७, चैत ।
सल्यानको कपुरकोट गाउपालिका र त्रिबेणी गाउपालिका बाट गरेर १३ जनाको स्वाव संकलन गरिएको छ । आज जिल्लाका दुई स्थानिय तहमा स्वाव संकलन गरिएको हो । चैत १ गते यता भारतबाट फर्केकाहरु मध्येमा केही लक्षण भएका र तेस्रो मुलकबाट आएका सबैको कोरोना भए नभएको परिक्षणका लागी नमुना संकलन गर्न शुरु गरिएको छ ।


कपुरकोटबाट ११ जनाको र त्रिबेणीवाट २ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्ला अस्पताल सल्यानको प्राविधिक सहयोगमा विदेशबाट घर फर्किएका शंकास्पद १३ जना व्यक्तिहरुको बुधावार मात्रै स्वाव संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस