सल्यान २८, चैत ।
प्रदेश नम्वर ५ बाट कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानका २ भित्री नाकाहरु बन्द गरिएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर १ रिखेवजार, गोगने, गैरीकटेरी हुदैँ दाङ्गको चिराघाट जोड्ने र रिखेवजार, गोगने, कालापोखरा हुदैँ दाङ्गको खिलकपुर जाड्ने नाका बन्द गरिएको हो ।
जिल्लाको कपुरकोट गाउपालिका स्थित कपुरकोट नाका कर्णाली प्रदेश भित्रिने मूख्य नाका हो । तर लकडाउनका कारण यस नाकाबाट अतिआबश्यक बाहेकका अन्य सवारीसाधनहरु सञ्चालनमा रोक लगाएपछि जिल्लाका दुई भित्री नाकाबाट सवारीसाधनहरु सञ्चालन भैरहेका छन् ।
सरकारले गरेको लकडाउनको पालना गर्न र आफुहरुमा असुरक्षित सहशुस भएपछि अहिले गैरीकटेरी डाँडा र कालापोखरामा पोइन्ट स्थापना गरेर बन्द गरिएको स्थानियले बताएका छन् । अतिआबश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा यी दुवै नाकामा रोक लगाईएको स्थानिय यूवा डिल्लीराज खड्काले जानकारी दिनुभयो ।
उहाँले यी दुई नाकामा कोठको गेट निर्माण गरिएको र अतिआबश्यक सवारीसाधन एम्वुलेन्स, प्रेस लगाएतका अनुमती प्राप्त सवारीसाधन आवतजावत गर्नमा दिईने बताउनुभयो । ‘हामीले यहाँका दुई वटै नाकालाई बन्द गरेका छौँ, अत्याबश्यक सवारी आवतजावत गर्न दिने ब्यबस्था मिलाएका छौँ, साथै यसलाई खोल्नको लागी मोवाइल नम्वर सहितको बोर्ड राख्ने तयारी रहेको छौँ’ उहाँले भन्नुभयो ।
प्रहरी चौकी काभ्रा र स्थानिय यूवाहरुको सक्रियतामा नाका बन्द गरिएको हो ।