बन्गाड कुपिण्डे नगरका बिभिन्न वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

दुर्गा बिसी,
सल्यान २८, चैत ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा नभएका वडाहरुमा स्वास्थ्य इकाई स्थापना गरेको छ । स्वास्थ्य संस्था नभएका नगरका वडा नम्बर २ बामे, वडा नम्बर ४ को मुलखोला, वडा नम्बर ६ को घाँजरिपिपल, ८ को कुपिण्डे र वडा नम्बर ११ माझकाँडामा आधारभूत स्वास्थ्य इकाई स्थापना गरी तत्काल सेवा सुचारु गर्ने नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ ।


आधारभुत स्वास्थ्य इकाईहरुमा कर्मचारी समेत राखिसकेको र यो महामारीको समयमा नागरिकको स्वास्थ्यमा समेत औषधि उपचारमा सहजता हुने उहाँको भनाइ छ । स्वास्थ्य संस्था नभएका स्थानका सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । यसअघि पुरानै वडा १, ३, ५, ७, ९, १० र १२ मा मात्रै स्वास्थ चौकीहरु रहेका थिए । अहिले बाँकी ५ वटा वडाहरुमा कर्मचारीसँगै आधारभुत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस