सल्यान २९, चैत ।
सल्यानमा कोरोना परिक्षणका लागी अहिले सम्म ४३ जनाको स्वाव संकलन गरिएको छ । जिल्ला अस्पताल सल्यान तथा बिभिन्न स्थानिय तहमा गरेर अहिले सम्म ४३ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । चैत १ गते यता तेस्रोमुलकबाट आएका सबै र भारत तथा अन्तरजिल्ला बाट आएका तर लक्षण देखिएका ४३ जनाको स्वाव संकलन गरिएको हो ।
जसमा ३ जनाको रिपोर्ट आएको र ती सबै रिपोर्ट नेगेटिभ आएको प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा संकलन गरिएका ४० वटा नमुनाको रिपोर्ट आउन वाँकी छ । जिल्लामा संकलन गरिएका स्वावहरु परिक्षणका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थीत प्रयोगशालामा पठाइएको छ ।