स्वास्थ्य राज्यमन्त्री रावतद्धारा क्वारेन्टाइनको निरिक्षण

दुर्गा बिसी,
सल्यान २९, चैत ।
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सल्यानको पश्चिमी क्षेत्रमा निर्माण गरिएका क्वारेन्टाइनको निरिक्षण गर्नुभएको छ । कोरोना भाइरसको आशंका लागेको ब्यक्तिहरुलाई बस्नको लागी बन्गाड कुपिण्डे नगरपालिकाले तयार पारेको क्वारेन्टाइनको उहाँले निरिक्षण गर्नुभएको छ । राज्यमन्त्री रावतले प्रभाकर माद्यामिक बिद्यालय देवस्थलमा तयार पारिएको २० बेडको क्वारेन्टाइनको निरिक्षण गर्नुभएको हो ।

सो अबशरमा उहाँले कोरोना भाइरसको रोकथामको सरकारले काम गरिरहेको बताउनुभयो । बिश्वका सयौँ देशहरुमा जस्तो नेपालमा कोरोना भाइरसका कारण समस्या आउन नदिनको लागी सरकारले आबश्यक जनशक्ति तथा औजार उपकरण तयारी अबस्थामा राखेको जानकारी दिनुभयो ।


स्थानीय तहले कोरोना भाइरसको संक्रमण हुन नदिनको लागी तयारी थालेको बताउदैँ उहाँले स्थानिय तहले गरेको कामको प्रशंसा गर्नुभएको थियो ।स्थानीय तहले कोरोना रोकथाममा गरेका प्रयास महत्वपूर्ण भएको उहाँको भनाई छ । निरिक्षण कै क्रममा स्वास्थ्य चौकी देवस्थलमा पुगेर ५ सेट पिपिइ, २ सय ५० सेट सर्जिकल मास्क, सेनिटाइजर लगाएतको अत्यावश्यक औषधि हस्तान्तरण गर्नु भएको छ ।

सो अबशरमा नगरप्रमुख गोविन्द कुमार पुनले कोरोना रोकथामका लागी नगर तथा वडाहरुले गरिरहेको तयारीका विषयमा जानकारी दिनुभएको थियो । उहाँले नगरमा एउटा पनि ज्वरो नाप्ने थर्मल गण नभएको भन्दै दुखेसो गर्नुभएको थियो । नगर उपप्रमुख मञ्जु यरी र नगर स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले आबश्यक उपकरणको अबस्था गरिदिन माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस