दुर्गा बिसी,
सल्यान २९, चैत ।
नेपाल रेडक्रस सोशाइटी उपशाखा सल्यान सल्लिवजारले बनगाड कुपिण्ड नगरपालिकाको क्वारेन्टाइनलाई विपद् सामग्री हस्तान्तरण गरेको छ । उपशाखाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वनेका क्वारेन्टाइन व्यवस्थापनमा प्रयोग हुने सामान उपलब्ध गराईएको उपशाखा सल्लिवजारका सभापति पुष्कर विसीले जानकारी दिनु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकालाइ २५ थान कमल, ४ थान त्रिपाल, सावुन, मग र वाल्टिन लगाएतका क्वारेन्टाइनमा आवश्यक सामग्री उपलब्ध गराईएको उहाँको भनाई छ । यी सबै सामान कोरोना रोकथामका लागि तयार पारिएको क्वारेन्टाइन कक्षहरुमा प्रयोग हुने नेपाल रेडक्रस सोशाईटी कर्णाली प्रदेश सदस्य गणेश विसीले जानकारी दिनु भएको छ । खास गरि विपद् र महामारीमा रेडक्रसले पूर्वतयारी, राहत तथा उद्धारका कार्यमा सक्रिय बनेको उहाँको भनाई छ ।